aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एक जोडी रंगेहात पक्राउ, होटल सञ्चालकसहित प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
एक जोडी रंगेहात पक्राउ, होटल सञ्चालकसहित प्रहरीको फन्दामा

काठमाडौं । होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई धनुषा प्रहरीले छापा मार्दा रंगेहात पक्रउ परेका छन् । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले  गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । 

यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने  गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस