aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१४ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
१४ जना जुवाडे पक्राउ

 काठमाण्डौं ।  महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट नगद १ लाख २ हजार ३५ रूपैयाँ  सहित १४ जना मानिसहरूलाई पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका वडा ३ स्थित बाँसको टहरा मुनि जुवातास खेलिरहेको ७ जनालाई  नगद ३१ हजार ५ सय ३५ रूपैयाँ तासको सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

साथै चन्द्रागिरी नगरपालिका वडा ६ महादेस्थान स्थित दल कुमार याँदीको घरमा जुवातास खेलिरहेको अवस्थामा निज घर धनि दल कुमार याँदी सहित ७ जनालाई नगद ७० हजार ५ सय रूपैयाँ र तास सहित पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस