aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब सवारी लाइसेन्स लिन १८ वर्ष पुग्नुपर्ने, नविकरण पनि १० वर्षमा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २८ पुस २०७६
अब सवारी लाइसेन्स लिन १८  वर्ष पुग्नुपर्ने, नविकरण पनि १० वर्षमा

काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्युनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको  छ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारीचालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ। हाल पाँच वर्षमा गर्नुपर्ने नविकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन्।

विभागले मस्याैदा गरिरहेकाे साे ऐन प्रदेश सरकार र सराेकारवाला  निकायसँगकाे छलफल गरी अन्तिम चरणमा रहेकाे हमालले बताए । उनले भने 'सराेकारवाला निकायसँग छलफल गरेर विभागले उमेरहद बढाउने नयाँ व्यवस्था ल्याउन लागेकाे हाे ।'

प्रतिक्रिया दिनुहोस