aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्यानाडाको आणविक ऊर्जा स्टेशनबाट आपतकालीन चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
क्यानाडाको आणविक ऊर्जा स्टेशनबाट आपतकालीन चेतावनी

ओटावा । क्यानडाको ओन्टारियो प्रान्तको आणविक उर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत उत्पादन प्राधिकरणले जनाएको छ ।

“स्टेशनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुनेगरी आपतकालीन सूचना प्रशारण ग¥यो,” प्रान्तीय सरकारले स्थानीय समय अनुसार विहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ । 

प्रारम्भिक समाचारमा ‘स्टेशनबाट रेडियो विकरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ ।

आपतकालिन सङ्केतको सूचनापछि ओन्टारियो विद्युत उत्पादन प्राधिकरणले तुरुन्तै ट्वीट गर्दै लेख्यो, “‘पिकरिंग न्यूक्लियर’ चेतावनी त्रुटीबश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।”

सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको शहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस