aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

माथिल्लो तामाकोशीः भारतीय ठेकेदारको काम सुस्त, लम्बिने भयो समयावधि

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २८ पुस २०७६
माथिल्लो तामाकोशीः भारतीय ठेकेदारको काम सुस्त, लम्बिने भयो समयावधि

काठमाडाैं । दोलखाको बिगु गाउँपालिका –१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो । 

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस