aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुई जना नक्कली प्रहरी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
दुई जना नक्कली प्रहरी पक्राउ

काठमाडौं । प्रहरी बनेर ब्यापारी ठग्ने दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारको चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो साढे १२ बजे गौरीगंञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका–३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैले एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसँग सात हजार रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ ।

शंका लागेर स्थानीयले इलाका प्रहरी कर्यालय राजगढमा खबर गरे पश्चात प्रहरीको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा लगेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस