काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् ।
पछिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भ्रष्टाचार तथा अनुचित कामका सम्बन्धमा आयोगमा परेका उजुरी र त्यसउपर आयोगले गरेको छानबिन तथा कारबाही विवरण तथा सुझावसहित प्रतिवेदन पेस भएको छ। स्थानीय तहमा भ्रष्टाचार र अनियमिता बढेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५/०७६को वार्षिक प्रतिवेदन पेस गरेको जानकारी राष्ट्रपति कार्यलयमा प्रवक्ता हरि प्रसाद दाहालले दिएका छन्।
प्रतिवेदन पेस गरेपछि अख्तियारले पत्रकार सम्मेलन गरेर पछिल्लो आर्थिक वर्षामा सम्पादन गरेका कामबारेमा जानकारी दिएको थियो।२०७५/७६ भ्रष्टाचार तथा अनुचित कामसम्बन्धी २४ हजार उजुरी परेका छन्। स्थानीय तहमा भएका आर्थिक अनियमिता र भ्रष्टाचारसम्बन्धमा बढी उजुरी परेका छन्।
प्रतिक्रिया दिनुहोस