aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अवैध विदेशी रकम सहित चिनियाँ नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
अवैध विदेशी रकम सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध विदेशी मुद्रा सहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन । चिनियाँ नागरिक राहदानी नम्बर इए ४२५६७४८ वाहक चिनिया नागरिक ४९ वर्षीया वाङ चुनयानलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको बिभिन्न मुलुकका मुद्रा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट नेपाली रुपैयाँ १ लाख, अमेरिकी डलर १३ हजार २०, भारतीय रुपैयाँ ८ हजार ३ सय र चाइनिज युयान १ हजार बरामद भएको छ । एयर चाइनाको उडानद्वारा चीनको चेङ्गडुतर्फ जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त मुद्रा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई बरामद मुद्रा सहित आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस