काठमाडाैं । कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिउँ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकतर युवा कामका लागि कोरिया जान पाएका छैनन्।
कोरिया भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकतर युवा रोकिएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याचरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लगिरहेको छ।
प्रतिक्रिया दिनुहोस