aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्थानीय तहमा बेरुजुको चाङ

  • रासस
    रासस
  • मंगलबार, २९ पुस २०७६
स्थानीय तहमा बेरुजुको चाङ

खोटाङ । महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ  । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो । 
    
आर्थिक वर्ष २०७५/०७६ भित्र  ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । 

पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो । 
    प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५/०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ  । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो । 

अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५÷०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ  । 

आव २०७४/०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५/०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४/०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५/०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ ।

अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४/०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आव २०७४/०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५/०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।

प्रतिक्रिया दिनुहोस