aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्लास्टिकबाट यसरी बन्यो १८ क्यारेट सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
प्लास्टिकबाट यसरी बन्यो १८ क्यारेट सुन

एजेन्सी । हामीले इन्धनको रुपमा प्रयोग गर्ने र सडक बनाउने क्रममा उपयोग गर्ने थुप्रै बस्तुहरुको कारण वातावरणीय क्षति भईरहेको छ । विश्वमा पहिलो पटक स्विट्जरल्याण्डका वैज्ञानिकहरूले पर्यावरणीय क्षति पुर्याउने  बस्तुको रुपमा परिचित प्लास्टिकबाट सुन बनाउन सफल भएका छन्।

प्लास्टिकबाट १८ क्यारेटको सुन, प्लास्टिक म्याट्रिक्सको एक मिश्र प्रयोग गरेर बनाइएको हो । यो सुन तौलमा पनि धेरै हल्का छ र वास्तविक सुन जत्तिकै चमक छ। यसलाई सजिलैसँग पालिस गर्न पनि सकिन्छ।

वैज्ञानिकहरू भन्छन् कि हल्का भएको कारणले यो सुन घडी र गहनाका रूपमा लोकप्रिय हुनेछ। बैज्ञानिकहरुको यो उपलब्धी बारे शोध विज्ञान जर्नलमा प्रकाशित भएको छ।

स्वीस युनिवर्सिटी ईटीएच ज्यूरिखका वैज्ञानिक राफेल मेजेन्गाले सुनको नयाँ रूप विकसित भएको भन्दै टिप्पणी गरेका छन् । यसको तौल परम्परागत १८ क्यारेट सुनभन्दा १० गुणा कम छ। परम्परागत मिश्रणमा प्रायः तीन चौथाई सुन र एक चौथाई तामा हुन्छ, जसको घनत्व १५ ग्राम / सेमी हुन्छ। तर प्लास्टिकको बनेको यस सुनको घनत्व केवल १.७ ग्राम/ सेमी छ। जे होस् यो १८ क्यारेटको सुन हो।

यसलाई बनाउनको लागि प्रोटीन फाइबर र पोलीमर लेटेक्सको प्रयोग गरिएको छ । सुनको नानोक्राइस्टल्सको पातलो डिस्क यसमा पहिला राखियो। पहिले यसले पानी मार्फत र पछि अल्कोहल मार्फत घोल बनायो।

त्यसपछि यसलाई कार्बन डाइअक्साइड ग्यासको उच्च चापमा प्रवाहित गरेर ठोस आकारमा परिणत गरियो। अन्वेषकहरूले सुन बनाउने प्रक्रिया र प्याटेन्टको लागि लागि आवेदन दिएका छन्। अब यस्तो सुनको व्यवशायिक उत्पादनको तयारी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस