बीमा बचत र भविष्यकोे जोखिम व्यवस्थापनको माध्यम हो । नेपालमा बीमालाई बचत र जोखिम व्यवस्थापनको माध्यम बनाउन आमनेपालीले अझै सकिहेका छैनन् । जीवन बीमा कम्पनीबीच भइरहेको तीव्र प्रतिस्पर्धाका कारण हाल नेपालको कुल जनसंख्याको १८ देखि २० प्रतिशतसम्म बीमाको पहुँच पुगेको अनुमान गरिएकोे छ । अबको बीमा व्यवसाय प्रविधिमा आधारित हुनुपर्ने धारणा सानिमा लाइफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाको छ । बीमाको ज्ञान बढाउनेतर्फ सबैले प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्ने तिमिल्सिनासँग जीवन बीमाको व्यवसायमा देखिएका अवसर र चुनौतीका बारेमा आर्थिक न्युजडटकमका लागि विजय फुयाँलले गरेको कुराकानीः
सानिमा लाइफ इस्योरेन्स भर्खर तेस्रो वर्षमा प्रवेश गरेको छ । पुराना कम्पनीसँगको प्रतिस्पर्धा कतिको सहज भइरहेको छ ?
उहाँहरूले गर्नुभएको र हामीले गरेको व्यवसाय त एउटै हो । नयाँ कम्पनी सम्भावना देखेको ठाउँमा खुल्ने हो । त्यसकारण वातावरण र विधि बनाइदिने काम सरकारको हो । सरकारले बीमा कम्पनी खोल्न स्वीकृति दियो । लगानीकर्ता आए ।
सम्भावना भएका ठाउँमा कम्पनी खुल्ने भएकाले हामी पनि त्यही बजारमा त्यही सम्भावना देखेर आएका हौं । हाम्रो प्रतिस्पर्धा भनेको व्यवसायमा भइहेका र नयाँ ल्याएका बीमा योजना, प्रविधि र अन्य आधारभुत कुरामा रहेको छ । अब यो प्रतिस्पर्धालाई कसरी आत्मसाथ गर्दै अगाडि बढ्ने क्रममा छांै । प्रतिस्पर्धा सबै क्षेत्रमा हुन्छ, सबैको नेपाली जनतालाई बीमा सुविधा दिने उद्देश्य भएकाले यो वातावरण प्रतिस्पर्धाकै हो ।
विदेशका जीवन बीमा कम्पनीमा ग्राहकका लागि पोलिसी छनोटमा धेरै हुन्छन् । तर, नेपाली जीवन बीमा कम्पनीका कम छन् के कारण होला, बीमा समितिले नै बन्देज लगाएर हो कि नेपालमा सम्भावना नभएर हो ?
यसमा मेरो अध्ययनअनुसार विदेशमा आँखा, दाँतलगायत शरीरका विभिन्न अङ्गको बीमा गर्न सकिने योजना हुन्छन् । हामी कहाँ त्यो योजना हुन नसक्नुको कारण नियमक होइन । कम्पनीले इच्छा नगरेका पनि होइनन् । तर, यहाँ जनतालाई बीमाप्रतिको सचेतना कम भएको हुनाले पनि यस्तो भएको हो ।
पहिलाको तुलनामा केही सुधार भएको छ । आशा गरांै विस्तारै परिवर्तन आउँदै जान्छ । केही वर्षदेखि बीमाको दायरा एकदमै बढेको तथ्यांक देखाइरहेको छ, यसमा तपाईंहरूको हिस्सा चाहिँ कति छ ?
कति तथ्यांक तपाईंहरूले पनि हेरिरहनु भएको छ । हामीले पनि आवश्यकतालाई हेरेर सूचना दिइरहेका हुन्छांै । त्यस्तै बीमा समितिबाट पनि आइरहेका हुन्छन् । हामी पछिल्लो समयमा खुलेको कम्पनी हौं । पुराना कम्पनीको आधार बनिसकेको हुन्छ । हामी पनि आफ्नो तरिकाबाट आधार बनाउँदै अगाडि बढिरहेका छौं । हामीसँगै खुलेका कम्पनीमध्ये हामी औसतभन्दा तल छैनौ । हामीले सबै क्षेत्रलाई योगदान पुर्याउने हिसाबले सा–साना स्रोतलाई लिएर अगाडि बढाइरहेका छौ ।
बैंकले खाता खोल्दा लाखौंको इन्स्योरेन्स गरिदिन्छौ भनेर प्रचार गरिरहेको अवस्था छ । यसरी सित्तैमा इन्स्योरेन्स हुन्छ, यसबाट इन्स्योरेन्स कम्पनीलाई के फइदा हुन्छ ?
व्यवसायमा स–साना फाइदामा पनि काम गरिन्छ । सित्तैमा भन्ने कुरा चाहिँ हुँदैन त्यहाँ बैंक र कम्पनीसँग सम्झौता भएको हुन्छ । ग्राहकले बैंकमा सेवा दिएवापत बैंकले कम्पनीलाई सेवा दिने एक खालको प्रक्रिया रहेको हुन्छ । सित्तैमा भन्दा पनि केही योगदान ग्राहकले त्यहाँ गरे केही योगदान बैंकले गर्याे भन्ने कुरा हो ।
सेवा जनतालाई पुर्याउँछु भन्नु नराम्रो कुरा भन्न मिल्दैन हामीले धेरैलाई समेट्नुछ । धेरै ठाउँमा प्रचारप्रसार गर्नुपर्ने भएकाले बैंकहरूसँग हाम्रो सहभागिता भएको हो । यो प्रक्रियालाई राम्रो छैन भन्न मिल्दैन । यसलाई सही अर्थमा ग्राहकले र हामीले बुझनु पर्याे । यो बुझाइको मात्र विषय हो ।
अहिले बैंकसँगै बीमा कम्पनीहरूमा पनि सम्पत्ति शुद्धीकरण कुरा उठिरहेको छ, यसको निवारणका निम्ति बीमा कम्पनी कति सजग छन् ?
हामी एकदमै सजग छौं । किनभने यसका नीतिगत व्यवस्था पनि छन् । तिनको परिपालन गर्ने कुरामा नै हाम्रो सजगता छ । यस विषयमा बीमा समितिबाट पनि तालिम दिने गरेको छ । हामी सजग भएर काम गरिरहेका छौं ।
यति धेरै बीमा कम्पनी थपिँदा पनि विदेशी बीमा कम्पनीले ठूलो मात्रामा प्रिमियम लगिरहेको अवस्था छ, यसलाई रोक्नको निम्ति सम्बन्धित निकायले के कुरामा ध्यान दिनुपर्छ ?
अहिलेको परिस्थितिमा कुनै पनि कम्पनीले देशले बनाएको नीति नियमअनुसार त्यहाँ गएर काम गर्ने नीतिलाई हामीले असान्दर्भिक भन्न भएन । त्यो नीतिगत व्यवस्था भएको कुरा भयो । राज्यले स्वागत गरेको कुरा भयो ।
बाहिर जानुको कारण हाम्रो प्रतिस्पर्धात्मक क्षमता विकास हुँदै जान्छ, त्यो हिसाबले हाम्रा जनता स्वदेशी कम्पनीप्रति आकर्षित हुनुहुन्छ । अझ त्योभन्दा पनि राम्रो योजना छन् भन्ने हिसाबले हामीले सेवा दिनुपर्छ । हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढ्नुको साथै हाम्रो सेवाको गुणस्तर र त्यसको सबै क्षेत्रलाई समेट्ने हिसाबले अगाडि बढ्यौ भने सबै कुराको समाधान हुन्छ । हिजो बीमा थिएन विदेशी कम्पनीहरू नै आएका थिए । अहिले स्वदेशी कम्पनी खुलेका छन् । त्यही भएर विदेशी कम्पनी आएका छैनन् ।
हाम्रो सेवा गुणस्तरमा प्रतिस्पर्धात्मक क्षमता जब बढ्छ तब हरेक कुराको समाधान हुँदै जान्छ । हामीले सबै क्षेत्रलाई समेट्ने गरी व्यवसायलाई अगाडि बढाएयौं भने अरू कुरा आफंै विस्तारै समाधान हुँदै जान्छ । खुल्ला नीतिमा हामीले यी कुरालाई स्वीकार गर्नुपर्छ । हामीलाई यी कुराले थप काम गर्न सहयोग पुर्याउँछ । हामीमा पनि यी किसिमको गुणस्तर विकास हुँदै जान्छ ।
जीवन बीमा कम्पनी लगानीका माध्यम पनि हुन्, यो आधारमा जीवन बीमा कम्पनीको कोषमा रहेको रकम परिचालनको योजना कस्तो बनाउनु भएको छ ?
बीमा समितिले आफ्नो नीतिमा समावेश गरेको छ । प्रोजेक्टमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था तय भएको र क्षमता भएका कम्पनीमा सम्पर्क गरी लगानी गर्न उहाँले भन्नु भएको छ, यो राम्रो कुरा हो । तर, बीमा कम्पनी, समिति र बैंकको स्टक्चर फरक छ । यिनीहरूमा कर्जा लगानी गर्ने स्टक्चर कतिमा बनाउनै बाँकी होला स्टक्चर बनाउने कुरामा हामी सबै बसेर छलफल गरेर लाग्नुपर्छ । त्यो व्यवस्था हुँदै जाला यो पोलिसी आएको राम्रो कुरा हो । अहिले पनि राज्यमा लगानी भएकै छ । नीतिगत व्यवस्था राम्रो हो । हामीले त्यसलाई स्वागत गरेका छाैं । क्षमता भएका कम्पनीले आन्तारिक स्टक्चर मिलाएर यसमा समावेश हुनुपर्छ ।
बीमा कम्पनीहरुको पोलिसी खरिदमा नगन्य मात्रामा गरेको बीमाको आधारमा धेरै बोनस देखाएर लोभ्याउने गरेको अवस्था छ, के यो ठिक हो अथवा सानिमा लाइफ इन्स्योरन्सले के गरिरहेको छ ?
लोभ देखाएरभन्दा पनि नहुने कुरा कोही कसैले पनि जनतालाई भन्नु हुँदैन । यसको पनि आफ्नो प्रक्रिया हुन्छ । कही कतै कुनै अवस्था अपनाइएको हुन्छ । हामीले हाम्रो समितिबाट नै स्वीकृत लिएर ७० प्रतिशत ग्यारेन्टी बोनसको जीवनश्री भन्ने प्रोडक्ट ल्याएका छाैं । त्यसमा १० वर्ष बीमा गर्दा ८ वर्षको दिए पुग्ने, १५ वर्षको गर्दा १० वर्षको दिए पुग्ने र २० वर्षको बीमा गर्दा १५ वर्षको दिए पुग्ने प्रावधान त्यहाँ छ ।
त्यो हामीले स्वीकृति लिएर गरेका छौं त्यसमा कुनै शंका छैन ग्यारेन्टी हो त्यसमा ग्यारेन्टी बोनस कम्पनीको नाफामा २० वर्ष छ । ग्यारेन्टी डिक्लियर बोनस हो । त्यसमा कुनै कन्डिसन अप्लाई छैन । ग्यारेन्टी बोनसको प्रावधानभित्र बसेर बोनस निकाल्न कुनै कम्पनीलाई बाधा छैन ।
यहाँले यस्तो पोलिसी ल्याएका छौं भनिरहनु भएको छ, अन्य बीमा कम्पनीले पनि त्यस्तै खालका पोलिसी ल्याएका छन् अन्य बीमा कम्पनीका पोलिसीभन्दा तपाईंहरूको पालिसी के कुरामा फरक छन् ?
सानिमा लाइफ इन्स्योरेन्सका प्रोडक्सहरू विशिष्ट प्रकारका नै छ । हामीसँग धेरै योजना छन् । हामीसँग बाल सौगात प्रोडक्क छ । केटाकेटी लक्षित प्रोडक्स छन् । जुन उच्च शिक्षालाई लक्षित छ, १७ वर्षको जन्मदिनबाट २१ वर्षको जन्मदिनसम्म आफूले बीमा गरेको २० प्रतिशत बोनस प्राप्त गर्न सकिनेछ ।
त्यसमा अभिभावकको पनि बीमा हुनेछ । कम आयस्रोत भएका मानिसले पनि बीमा गर्न सक्ने छन् । दम्पत्तिलाई लक्षित प्रोड्क्स छ श्रीमानले बीमा गर्दा श्रीमतीको बीमा हुने, हामीसँग शुभलक्ष्मी योजना छ, जुन तेब्बरसम्म लाभ हुने योजना छ । माइक्रोफाइनान्सलाई लक्षित गरी योजना ल्याएका छाैं ।
हामीले बृद्ध अवस्थामा लाभ हुने योजनादेखि सबैस्तरका जनतालाई समावेश गर्ने खालको योजना ल्याएका छौं ।
हाल बीमा क्षेत्रमा देखिएका चुनौती चाहिँे के छन् ?
प्रतिस्पर्धालाई चुनौती नभनौं यसलाई अवसर भनौ । यसले हामीलाई खारिने वातावरण सिर्जना गर्छ । चुनौतीको रूपमा जनचेतना महत्वपूर्ण हो ।
जनतालाई बीमाको आवश्यकता के हो भनेर बुझाउनुपर्छ । बीमा भनेको बचत र सुरक्षा हो यो दीर्घकालीन लाभ हो । यो सबै क्षेत्रमा पहुँच पुर्याउने हाम्रो लक्ष्य छ । प्रक्रियामा पनि हाम्रो प्रविधि छिटो छरितो प्रयोग गरिरहेका छौं ।
अभिकर्ताहरूलाई पनि जनतालाई सही सूचना दिनु पर्याे बीमा भनेको यो हो हैँ भनेर बुझाउने जनशक्ति पहिचालन गरेका छौं । तर, कतिपय ठाउँमा पूर्वाधारको अभावले गर्दा पुग्न नसकेको अवस्था छ ।
अर्को महत्वपूर्ण चुनौती भनेको बीमा क्षेत्रमा जति जनशक्ति आवश्यक परिरहेको छ त्यो चाहेअनुसारको जनशक्ति हामीले भेट्टाउन सकेका छैनौ । यो प्राविधिक विषय भएकाले हामीले इच्छा भएका व्यक्तिलाई ल्याएर तालिम दिएर दक्षता अभिवृद्धि गराई रोजगार दिने पनि गरेका छौं ।
अहिले बीमा कम्पनीबीच तीव्र प्रतिस्पर्धा देखिन थालेको छ यो प्रतिस्पर्धामा सानिमा लाइफ इन्स्योरेन्सलाई खरो रूपमा उर्तानका लागि के कस्ता रणनीति ल्याउँदै हुनुहुन्छ ?
हामीले पृथक प्रस्तुतिमै जोड गरिरहेका छौं । हाम्रो रणनीति सेवा नपुगेको स्थानमा पुगौं भन्ने सोच छ । हाम्रो कर्मचारीलाई दक्षता अभिवृद्धि गर्ने हिसाबले विभिन्न रणनीति योजना ल्याएका छाैं । टेक्नोलोजीमा लगानी गर्न लागेका छांै । जुन अहिले विकास क्रमकै फेजमा छ ।
हामीले राम्रो योजना ल्याएर सबैलाई समेट्ने गरी अगाडि बढ्न लागेका छौ । सानिमा लाइफमा आबद्ध व्यक्तिलाई सही तरिकाले परिचालन गर्न सकियोस् भन्ने मन्त्र लिएर अगाडि बढिरहेका छाैं । बचतको लागि बीमा, बीमाको लागि सानिमा भन्ने नाराका साथ हामी अगाडि बढेका छौं ।
प्रतिक्रिया दिनुहोस