काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरि महिलाको कपालमा विर्य फालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर घर भई हाल बानेश्वर बस्ने रविन सार्की रहेका छन् । कार्कीलाई सोमबार चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
प्रहरीका अनुसार उनले एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा विर्य फालेका थिए । सो भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो ।
सार्कीले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर अश्लील भिडियो अपलोड गरी पैसा कमाउने सोचले यस्तो गरेको प्रहरीले जनाएको छ । घटनापछि पक्राउ परिन्छ भन्ने डरले उनी भारतमा बस्दै आएका थिए । तर केही दिन अघिमात्रै भारतबाट चितवन आएका बेला उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
पैसाको लागि रविनको त्यो अश्लिल हर्कत !
आईए पास गरेका रविन सार्की काठमाडौंको बानेश्वरमा बस्ने गरेका थिए । साइकलमा सेञ्चुरी मसला बिक्री गर्थे । फेसबुक चलाउँदै क्रममा उनी अश्लिल भिडीयो बनाउने ग्रुपमा जोडिए । अश्लिल भिडीयो बनाएपछी पैसा आउने कुरा फेसबुक ग्रुपमा भएपछि उनले भिडीयो बनाउने निर्णय लिए ।
०७५ साउनमा उनले ढल्कु–लगनखेल चल्ने बसमा चढेर हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य बिसर्जन गरे, र त्यसको भिडीयो बनाए । त्यो भिडीयो रविनले ६ महिनापछि रविन रुचाल नामको फेसबुक आइडीबाट सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडीयो ०७५ माघ ११ मा भिडीयो अपलोड भएपछि त्यसको चौतर्फी विरोध भयो ।
विरोध गर्दै महिला अधिकारकर्मीहरु प्रहरीकोमा पुगे । उनीहरुले भिडीयो बनाउने ती युवकलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरे । यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पनि भयो ।
ढल्को–लगनखेल रुटमा चल्ने मिनीबस भित्र हस्तमैथुन गरेर कसले भिडीयो खिच्यो भनेर प्रहरीले अनुसन्धान थाल्यो । तर, त्यो अनुसन्धान सजिलो भएन । प्राविधिक रुपमा अनुसन्धान गरेर रुचालसम्म पुग्न प्रहरीलाई एक वर्ष लाग्यो । एक वर्षपछि प्रहरीले उसलाई पक्राउ गर्न सफल भयो । त्यो अश्लिल भिडीयो अपलोड गर्ने सार्कीलाई साइबर अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस