काठमाडौं । मेडिकल कलेज अनुमतिको पर्खाईमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको घुस मागेको र नमागेको सम्बन्धि विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।
गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । प्रसाईंले २० करोड घुस मागेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले द्वारिकाज होटलमा बारगेनिङ गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।
त्यस लगत्तै गिरीले पनि सोही दिन घुस नमागेको प्रसाईंले ठाडो निवेदनका आधारमा बी एण्ड सी कलेजलाई सम्बन्धन दिन माग गरेको र घुस मागेको प्रमाण देखाउन चुनौति दिएको थियो ।
बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरी निकटवर्तीको दाबी छ ।
प्रसाईं त्यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस