aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महंगिले भान्छा चलाउनै समस्या, तरकारी पोहोरभन्दा दोब्बर महँगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
महंगिले भान्छा चलाउनै समस्या, तरकारी पोहोरभन्दा दोब्बर महँगो

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना ९चैत० सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो।
निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्।

भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता ९२६ गते० ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो।

बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ। गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ। स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ।

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ। भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो,  तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ। रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ। गाजरको मूल्य घटेको छ।

निरन्तर हावाहुरी सहित पानी पर्दा यो वर्ष हरियो तरकारी उत्पादन घटेकाले भाउ बढेको तरकारी व्यवसायी बताउँछन्। हिउँदमा पनि पानी परेकाले तरकारीमा क्षति पुगेर मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘वर्षात्ले तरकारी नष्ट हुँदा त्यसको असर मूल्यमा प¥यो,’ घिमिरेले भने, ‘अफ सिजन भएकाले पनि भाउ बढेको छ।’ उत्पादन घटेपछि काठमाडौंमा तरकारीको आपूर्ति कम भएको छ। नागरिक दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस