aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डक्टर बनाउन गाउँपालिकाले लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
डक्टर बनाउन गाउँपालिकाले लगानी गर्ने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो । 

 गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । 

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम शुरु गरेको जनाएको छ । सातवटामा विभाजित पातारासी गाउँपालिकामा समुन्द्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा रहेको छ । यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या रहेको छ ।  

भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि पातारासी गाउँपालिकाको पर्यटकीय,  व्यावसायिक,  वातावरणीयलगायत विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस