aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिईने

भारत । भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ । अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका हुन् ।

टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’

कारागारका अधिकारीले भनेका छन् ‘फासीको मितित तय भएपछि अब उनीहरुलाई पालैपालो परिपवारका सदस्यसँग भेट्न अनुमति दिइने छ ।’

घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो ।

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार दोषीलाई डेथ वारेन्ट जारी भइसकेको छ । पटियाला हाउस अदालतले फासीका लागि २२ जनवरी २०२० बिहान सात बजेको समय तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस