aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सन् २०२० भारतका लागि यसकारण बन्दैछ दु:खको वर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
सन् २०२० भारतका लागि यसकारण बन्दैछ दु:खको वर्ष

एजेन्सी। भारतीय स्टेट बैंकको अनुसन्धानात्मक रिपोर्टका अनुसार सन् २०२० भारतका लागि महंगी र बेरोजगारीको वर्षका रुपमा रहने छ।  त्यहाँको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा आधारित मुद्रास्फीति जनवरी महिनामा ८ प्रतिशतभन्दा बढीले बढ्न सक्ने छ। भारतमा बढेको तरकारीको मूल्य र त्यमा देखिएको निरन्तरताको आधारमा यस्तो अनुमान गरिएको हो।

तरकारीको मूल्यमा निरन्तर बृद्धिका कारण खुद्रा मुद्रास्फीति दर सन् २०१९ को डिसेम्बर मा ७.३५ प्रतिशत पुगेको छ। अघिल्लो महिनाको तुलनामा यो निकै बढी भएको बिबिसी लगायतका संचारमाध्यमहरुले उल्लेख गरेका छन्। 

पछिल्ला बर्षमा खुद्रा बस्तुको मुल्य बृद्दीका कारण मुद्रास्फीतिको दर उच्च स्तर भएको छ।  भारतीय रिजर्व बैंकका अनुसार यो सामान्य स्तरभन्दा माथि पुगेको छ। यस बाहेक चालू आर्थिक वर्षमा रोजगारीमा ठूलो गिरावट आउने सम्भावना रहेको जनाइएको छ । भारतीय स्टेट बैंकको रिपोर्ट 'इकोराप' का अनुसार अर्थतन्त्रमा सुस्तताका कारण मुलुकको रोजगारीमा गम्भीर असर परेको हो ।

प्रतिवेदनलेलेखिएको छ, 'यस आर्थिक वर्ष २०१९/२० मा जम्मा १६ लाख मात्र रोजगारी थपिने अनुमान छ जवकि अघिल्लो आर्थिक वर्ष २०१८/१९ मा ८९.७ नयाँ लाख रोजगारी सिर्जना भएका थिए। 'इकोरेप'का अनुसार असम, बिहार, राजस्थान, उत्तर प्रदेश र उडिसा जस्ता राज्यबाट रोजगारीका लागि अन्य स्थानमा  गएकाहरुले घर पठाउने रकममा समेत उल्लेख्य कमि आएको छ। 

प्रतिक्रिया दिनुहोस