एजेन्सी । इरानले युक्रेनको बिमान दुर्घटना सम्बन्धी भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ ।
गएको अघिल्लाे बुधबार भएको बिमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको थियो ।
इरानले उक्त घटना सम्बन्धमा केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको हो । विशेष अदालतले यो प्रकरणलाई हेर्ने जनाइएको छ । सो विमान आफूले प्रहार गरेको मिसाइलका कारण खसेको इरानले स्वीकार गरेको छ । इरानले पहिले सो कुरा अस्वीकार गरेको थियो ।
इरानी सेनाले गम्भीर मानवीय त्रुटीका कारण यात्रु विमान निशानामा परेको भन्दै माफी मागेको थियो ।
प्रतिक्रिया दिनुहोस