
एजेन्सी । ताइवानकी राष्ट्रपति साइ इङ्ग–वेनले आफ्नो देशलाई सम्मान गर्न र इज्जत दिन चीनसँग आग्रह गरेकी छन् । यथार्थको सामना गरेर चीनले आफ्नो देशलाई सम्मान दिनु पर्ने राष्ट्रपति साइले बताएकी हुन् ।
चीनले ताइवानमाथि कुनै किसिमको आक्रमण गरेमा त्यसको महंगो मूल्य चुकाउनु पर्ने चेतावनी राष्ट्रपति साइले दिएकी छन् । डेमोक्र्याटिक प्रोगेसिभ पार्टीकी साइ गएको शनिबार भारी मतसहित पुनः ताइवानको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
चुनावी अभियानको क्रममा उनले चीनबाट ताइवान र ताइवानका बासिन्दामाथि बढ्दै गएको खतराप्रति सचेत गराएकी थिइन् । चीनले ताइवानलाई आफ्नो देशको हिस्सा रहेको दाबी गर्दै आएको छ ।
चीनको कम्युनिष्ट पार्टीले आवश्यक परेमा सैन्य शक्ति प्रयोग गरेर ताइवान लिने अधिकार पनि आफूसँग रहेको बताउने गरेको छ । तर साइले भने ताइवान सार्वभौम सम्प्रभूतायुक्त स्वतन्त्र देश रहेको बताउने गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस