काठमाडौं । विन्डोज-७ अपरेटिङ सिस्टम मंगलबारदेखि बन्द भएको छ । नयाँ प्रविधिमा फोकस हुने भन्दै कम्पनीले विन्डोज ७ बन्द गरेको हो।
माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न आह्वान पनि गरेको छ। करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी भने दिएको थियो।
विन्डोज ७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्। अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज ७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ।
माइक्रोसफ्ट लामो समयदेखि विन्डोज ७ मा ह्याकरहरूको आक्रमणबाट पीडित थियो। विभिन्न भाइरसका कारण प्रयोगकर्ता समस्या परिरहेका थिए।अब विन्डोज ७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन।
ुअपडेट र सुरक्षा सुविधा नभएपछि विन्डोज ७ मा चल्ने उपकरणहरूमा भाइरसको समस्या झन् धेरै हुन्छु माइक्रोसफ्टको वेबसाइटमा लेखिएको छ।क्यास्पर्स्की ल्याबका वरिष्ठ सुरक्षा अध्येता डेभिड इमले पनि जतिसक्दो चाँडो प्रयोगकर्ताले नयाँ विन्डोज राख्नुपर्ने सुझाएका छन्। नभए कम्प्युटरहरूमा भाइरस र अन्य समस्याले आक्रमण गर्नेछ र पूरै बिग्रिन पनि सक्छ।
त्यस्तै ह्याक भएमा कम्प्युटरमा भएका सबै डेटा र विवरण पनि चोरिन सक्छ।मंगलबारबाट विन्डोज-७ बन्द भए पनि कम्प्युटर चलिनैहाल्छ। तर यसमा जोखिम धेरै हुनेछ।
त्यसैले माइक्रोसफ्टले विन्डोज १० अपग्रेड गर्न भनेको छ। यो खबरसँगै बेलायती अधिकारीहरूले इन्टरनेट बैंकिङ कारोबार वा इमेल गर्न विन्डोज ७ नचलाउन चेतावनी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस