aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भन्सार छलेर ल्याइएका ६० लाख बराबरको कपडा बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
भन्सार छलेर ल्याइएका ६० लाख बराबरको कपडा बरामद

काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिए । 

“कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ”, उनले भने । उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस