काठमाडौं । ईमान र निष्ठाको राजनीति गर्नेहरुलाई पाखा लगागाएकाे आरोप लगाउँदै तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमीटी गठन गरेका छन् ।
समानान्तर कमिटीमा साविक वाईसीएल नेपालका केन्द्रीय सदस्यहरु रहने जनाएकाे छ । उनीहरुले एकता प्रकृयामा नवप्रवेशी गैर राजनैतिक पृष्ठभूमीका व्यक्तिहरु भित्रयाएको आरोप समेत लगाएका छन् । जसको संयोजन हेमबहादुर खड्काले गरेका छन् ।
असन्तुष्ट पक्षको हालै सम्पन्न भेलाले ६ महानगर, ११ उपमहानगर, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्र गरि २५९ केन्द्रीय सदस्य तथा ८६ जनाको केन्द्रीय सचिवालय सदस्यसहित १८ जनाको कार्यलय रहेको कार्य समिति निर्माण गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस