aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बिर्यानी पारखीका लागि ‘द बर्गर एण्ड बिर्यानी हाउस’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
बिर्यानी पारखीका लागि ‘द बर्गर एण्ड बिर्यानी हाउस’

पोखरा । बिर्यानीका पारखीहरुका लागि पोखराको लेकसाईडमा ‘द बर्गर एण्ड बिर्यानी हाउस’ सञ्चालन भएको छ ।  

पर्यटकिय नगरी पोखरामा बिर्यानीका पारखीहरुलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी   हाउस खोलिएको छ । हल्ल्नचोक नजिकै लेकसाईड को १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको छ । शुलभ मुल्यमा चिकेन , मटन र हाईद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सञ्चालक र सेफहरुले पोखरामै उत्कृष्ट बिर्यानी पाईने दाबी पनि गरेका छन । 

युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले सञ्चालनमा ल्याएको उक्त बिर्यानी एन्ड बर्गर हाउसमा , बिर्या्नि र बर्गर बाहेक अन्य इन्डियन , चाईनिज ,कन्टिनेन्टल  नेपाली परिकारहरु पनि उपलब्ध रहेका छन ।  

नेपाल भ्रमण बर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकहरुलाई स्वस्थ्य र जिब्रो लोभ्याउने परिकारहरु पस्किन उक्त रेस्टुरेन्ट तत्पर रहेको कुरा पनि सञ्चालक ईश्वरले जानकारी दिए । 

बिर्यानीको लोकप्रियता बढेसङै पोखरामा यस परिकारको राम्रो बजार रहेको सञ्चालक बताउँछन । अन्त भन्दा शुलभ मुल्यमा रेस्टुरेन्ट आईटमहरु पनि पाईने भएकाले यस बिर्यानी एन्ड बर्गर हाउस चाडैंनै पोखराबासी र यहाँ घुम्न आउने पर्यटकको मन मस्तिष्कमा बस्ने उनको दावी छ ।
 

प्रतिक्रिया दिनुहोस