काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको घरमा बम विष्फोट भएको छ । ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
ढकालको नागार्जुन-१ नर्सरी चोकस्थित निवासमा बुधबार साँझ बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने गाडीमा पनि क्षति भएको छ ।
उक्त विष्फोटका जिम्मा नेत्र विक्रम चन्द समूहले लिएको बुझिएको छ । बलाजु प्रहरीले भने विस्फोट भएको भन्ने खबर आएको तर कसले किन र कति क्षति भए भन्ने जानकारी नआएको जनाएको छ ।
ललिता निवास विप्लवको कब्जामा
प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित विवादीत ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ । यो समूहले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट गराएको थियो ।
बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको विप्पवका कार्यकर्ताले दावी गरेका छन् । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस