aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अख्तियारको फन्दामा पुर्वसांसद यादव

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, ०२ माघ २०७६
अख्तियारको फन्दामा पुर्वसांसद यादव

काठमाडौँ । फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ।

यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ। फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ।

यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। पूर्वसांसद यादव, कार्यालय प्रमुख गोइत, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल भनिने हरि मण्डलसहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पूर्वसांसद यादव सुनियोजित तवरले फर्जी समिति गठन गरी भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध २५ लाख बिगोसहित यादवलगायत ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मिलेमतो गर्ने सोही कार्यालयका नासु भागवत यादव, राजपा नेता वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई पनि प्रतिवादी बनाइएको छ।

अनुसन्धानमा पूर्वसांसद यादवको मिलेमतोमा गैरकानुनी फाइदा लिन सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको काम गर्न गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा अनधिकृत रूपमा विवरण सच्याएको अख्तियारले पाएको छ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीसम्मको सडक निर्माणका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिसपत्रसमेत केरमेट गरी सच्याइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस