aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

फेरी बिग्रियो मौसम, तीन दिनसम्मको यस्तो छ पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
फेरी बिग्रियो मौसम, तीन दिनसम्मको यस्तो छ  पूर्वानुमान

काठमाडौँ । बिगत दुई दिनदेखी सुधार देखिएको मौसम आज बिहीबारबाट फेरी बदलिएको छ । बुधबार साँझबाट नेपाल भित्रिएको पश्चिमी न्यून चापी प्रणालीका कारण आज (बिहीबार) देशैभरको मौसम बदली भएको छ।

यो प्रणालीको कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको महाशाखाले जनाएको छ ।

मौसमविद्ले जानकारी दिए अनुसार आज देशका धेरैजसो भूभागमा बदलि हुने र केही स्थानमा पानी पर्ने सम्भावना छ । देशको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको न्यून चापीय प्रणाली अहिले  क्रमशः देशैभर फैलिँने क्रममा  छ। तीन दिनसम्म रहने यो अवस्बाथामा शनिबार रातिदेखी भने सुधार आउने छ । 

बिहीबार दिउँसो देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा सामान्य बदली रहने अनुमान शाखाले गरेको छ । देशको मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा हल्का वर्षा हुने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा मध्यम हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

बिहीबार राति पुर्वी भागमा समेत आंशिक बदली रहनेछ भने मध्य तथा पश्चिमका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

शुक्रबार देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। त्यसैगरी मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपात पछी मौसममा क्रमिक सुधार आउने महाशाखाले जानेको छ। 

प्रतिक्रिया दिनुहोस