aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुनसरीको जंगलमा महिलाको शव, टाउको एकातिर जिउ अर्कातिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
सुनसरीको जंगलमा महिलाको शव, टाउको एकातिर जिउ अर्कातिर

सुनसरी । सुनसरी जिल्लाको वहारक्षेत्र नगरपालिका स्थित चतराघाटको दुधपानी खोलामा शरीरबाट टाउको अलग गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । 

चतरा रामपुर सडक खण्डबाट करिब पाँच सय मिटर भित्र जङ्गलको खोलामा टाउको र जिउ अलग अलग अवस्थामा उक्त महिलाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर शरणकुमार दाहालका अनुसार शरीर र टाउको करिब २५ मिटरको दुरीमा फेला परेको हो । दुर्गन्धित बन्न थालेको शव स्थानीय घाँस दाउरा गर्नेहरूको सहयोगमा प्रहरीले मङ्गलवार फेल पारेको हो ।

हेर्दा मधेसी मूलकी अन्दाजी ३५/३६ वर्षकी देखिने उक्त महिलाको हत्या १५ देखी २० दिन अगाडी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना स्थलमा कुनै सुराक नपाइए पनि प्रहरीले शव पोस्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ ।

औलामा स्टामको छाप हुनु शङ्कास्पद

महिलाको हातको औलामा स्टामको छाप र घटना स्थलमा स्टाम भेटिएकाले घटना अझै शङ्कास्पद बनेको छ । तर अहिले सम्म महिलाका कुनै परिचय खुल्ने आधार नभेटिको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस