
एजेन्सी। अमेरिका र चीनले लामो समयदेखि चलिरहेको 'व्यापार युद्ध' कम गर्न अन्ततः एक सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई देशबीच चलिरहेको व्यापार तनावले स्थानीय बजारलाई मात्र नभई विश्वव्यापी अर्थतन्त्रलाई पनि असर गरिरहेको परिप्रेक्ष्यमा यो सम्झौतालाई महत्वका साथ हेरिएको छ।
चीनसँग भएको पछिल्लो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा एक 'परिवर्तन-निर्माता' कदमका रुपमा साबित हुने बताएका छन् । बीबीसीका अनुसार उता चिनियाँ नेताहरूले पनि यो सम्झौतालाई 'सबै तरिकामा लाभदायक सम्झौता' को रूपमा वर्णन गरेका छन्। यो सम्झौताले दुई देश बीचको सम्बन्ध सुधार गर्न मद्दत गर्ने भनाई उनीहरुको रहेको छ।
बुधबार भएको सम्झौता अन्तर्गत चीनले अमेरिकी अमेरिकाबाट हुने आयातलाई २०० अर्व डलरले बढाउने वाचा गरेको छ। त्यसैगरी चीनले बौद्धिक सम्पत्ती सम्बन्धी कानूनहरुलाई सुदृढ पार्ने कुरा पनि गरेको छ। सम्झौता अन्तर्गत, अमेरिकाले केही चिनियाँ उत्पादनहरुमा लगाइएको अन्तःशुल्क शुल्क ५० प्रतिशत घटाउने कुरामा सहमति जनाएको छ।
त्यसो त भन्सार शुल्कको ठूलो अंश अझै पनि उस्तै रहनेछ। तर, अब दुबै देशका प्रतिनिधिहरू र व्यवसायीहरूले यसबारे थप कुरा गर्नेछन्। यु.एस. च्याम्बर अफ कमर्सका चिनियाँ केन्द्रका अध्यक्ष जेरेमी वाटरम्यानले धेरै काम गर्नु बाँकी नै रहेको बताएका छन् । उनले 'भर्खरै भएको घटनाबाट खुशी हुनुपर्ने तर अर्को निर्णयको लागि लामो समय पर्खनु नहुने' टिप्पणी गरेका छन् ।
संयुक्त राज्य अमेरिका र चीन सन् २०१८ देखि नै 'जस्तालाई त्यस्तै' भन्ने रणनीति अन्तर्गत 'व्यापार युद्ध' मा संलग्न थिए। यसको परिणाम परिणाम स्वरुप ४५० अर्ब डलर भन्दा बढीको मूल्यका उत्पादनहरुमा अतिरिक्त शुल्क लगाउने प्रतिक्रियाहरु देखिएका थिए। यसले दुई देशको व्यापारको प्रवाहलाई मात्र नभएर विश्वव्यापी अर्थतन्त्र र लगानीलाई पनि यसले असर पारिरहेको थियो ।
समाचारहरुमा जनाइए अनुसार दुई देशले वाशिंगटनका प्रमुख व्यापारीहरुको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि राष्ट्रपति ट्रम्पले यसले चीन र अमेरिका बीचको सुमधुर सम्बन्धको जग निर्माण गर्ने बताएका थिए। ट्रम्पले भने, "हामीहरू मिलेर विगतका गल्तीहरूलाई सुधार्दैछौं। हामी सँगसँगै आर्थिक न्याय र सुरक्षाको लागि भविष्य तयार गर्दैछौं। सम्झौता आफ्नो ठाउँमा छ, त्यो भन्दा पनि यो विश्वमा शान्ति ल्याउने प्रयास हो।" "
सम्झौताका सर्तहरू के हुन्?
अब सन् २०१७ को तुलनामा चीनले अमेरिकाबाट कम्तिमा २०० अरब डलरको आयात बढाउने प्रतिबद्धता गरेको छ। यसका लागि कृषि आयात ३२ अर्ब डलर, निर्माणजन्य उत्पादनको आयात ७८ अर्ब डलर, ऊर्जा क्षेत्रको आयात ५४ अर्ब डलर र सेवा क्षेत्रमा ३८ अर्ब डलरले आयात बढाउने वाचा गरिएको छ।
सम्झौता अनुसार चीन बौद्धिक सम्पत्ति कानूनलाई कडा बनाउन पनि राजी भएको छ। यसले कम्पनीहरूलाई बौद्धिक सम्पत्ति नियमहरूको उलंघनको बिरूद्ध कानुनी कारबाही गर्न सजिलो बनाउँदछ।
उता अमेरिका भने चीनबाट हुने ३६० अर्ब डलरको चिनियाँ उत्पादनमा ५० प्रतिशत कर घटाएर २५ प्रतिशत बनाउन सहमत भएको छ ।
हस्ताक्षरकर्ता के भन्छन् ?
चीनका उपप्रधानमन्त्री लियो खायले चीनको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । उनले भने कि यो सम्झौताको मूल मर्म 'समान र पारस्परिक सम्मान' मा आधारित छ।
उनले चीनको आर्थिक मोडलको पक्षमा बोल्दै भने, "चीनले एक राजनीतिक र आर्थिक मोडेल विकसित गरेको छ जुन यसको राष्ट्रिय वास्तविकता अनुरूप छ। तर यसको मतलब यो होइन कि चीन र अमेरिका मिलेर काम गर्न सक्दैनन्। हामी विश्वास गर्छौं कि हामीसंग धेरै साझा व्यावसायिक चासोहरु छन् । हामी आशा गर्दछौं कि दुबै देशहरू इमान्दार भई सम्झौताको पालना गर्नेछन् । "
प्रतिक्रिया दिनुहोस