aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस