काठमाडौं । २२औँ भूकम्प सुरक्षा दिवसको अवसरमा भुकम्प सुरक्षा प्रदर्शनी गरिएको छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा प्रदर्शनी मार्गमा भुकम्प सुरक्षा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनी मार्गमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, इटा व्याबसायीलगाएत भूकम्प उद्धारमा प्रयोग हुने सामाग्रीको
प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा भुकम्प प्रतिरोधी घर बनाउनका लागि सर्वसाधारणको जिज्ञासा मेटाउने उद्देश्यले घर बनाउदा के–कस्ता कुरामा ध्यान दिनुपर्छ भनेर परामर्शको समेत व्यवस्था रहेको छ ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो ।
भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।
पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भए । त्यतिबेला क्षति भएका घरमध्ये अहिलेसम्म ३ लाख ४८ हजार ९ सय ९० घरको पुननिर्माण सम्पन्न भएको छ । विगतमा भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरणमा धेरै ध्यान दिएको पाइँदैन । तर अहिले सरकार र सर्वसाधारण नागरिक पनि निकै सचेत भएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस