aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सडक एकतर्फी सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सडक एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । 

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस