aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

ट्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
ट्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु

सुनसरी । ट्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका २ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको हो ।

बिहीबार अपराह्न साढे ४ बजे रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस