
भारत । जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद-३७० निष्प्रभावी भएको पाँच महिना बढी भइसकेको छ। सरकारले पनि जम्मू-कश्मीरमा सबै ठीक छ। अवस्था सामान्य छ भनेर दाबी गरिरहेको छ। तर, विपक्षीले बारम्बार भनिरहेछ यदि सबै कुरा ठीकठाक छ भने त्यहाँ जान किन रोकिदै छ ?
विपक्षीहरूले त्यहाँ नेताहरूलाई किन नजरबन्दमा राखिएको छरु र किन महिनौं इन्टरनेट सुविधामा प्रतिबन्ध लगाइएको छरु भनेर निरन्तर सोधिरहेका छन्। सत्ता र विपक्षबीच रस्साकस्सी चलिरहेकै बेला केन्द्रीय सरकारका ३६ मन्त्रीले जनवरी १८ देखि २५ सम्म जम्मू-कश्मीरको भ्रमण गर्ने छन्।
अल इन्डिया रेडियोका अनुसार, सबै मन्त्रीहरू जम्मू-कश्मीरका विभिन्न क्षेत्रमा जानेछन्। उनीहरूले सरकारले संविधानको धारा ३७० हटाएपछि जनतामा परेको प्रभावबारे कुरा गर्नेछन्। साथै सरकारद्वारा सञ्चालन भइरहेका कार्यहरूको बारेमा पनि जानकारी दिनेछन्। एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस