aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै ‘जुत्ता’ प्रहार, प्रहरीद्वारा धरपकड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै ‘जुत्ता’ प्रहार, प्रहरीद्वारा धरपकड

जनकपुर । जनकपुरको जिरोमाईलमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीलाई जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन् ।

प्रदेश. नं. २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास न्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका मानिसहरूले शुक्रबार जनकपुरमा प्रदर्शनसहित उनीहरूको राजीनामा मागेको छ ।

प्रदर्शनकारीहरूले प्रदेश नं. २ का मुख्यमन्त्रीसहित माथि उल्लिखित मन्त्रीहरूको तस्वीरमा जुत्ता प्रहार गरेर सांकेतिक विरोध जनाएका हुन् । उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले धरपकड थालेको थियो ।

शान्तिपूर्ण रुपमा पदर्शन तथा विरोध जनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई  पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेको जनाएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केही दिन देखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।

यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस