
आबुधाबी । यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा परि ३ जना नेपालीको मृत्यु भएको अनुमान गरिएको छ । दुबईस्थित श्रम सहचारी भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा १ नेपालीको मृत्यु भइसकेको पुष्टी भएको छ भने अस्पतालमा रहेको ३ वटा शवमध्ये एक वा दुई वटा नेपालीको शव हुनसक्ने दुबई प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारीको पुष्टी भइसकेको छ भने अन्य दुई जना नेपाली हराइरहेका छन् । हराइरहेका नेपालीमध्ये प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिषा मोक्तान तामाङ रहेको बताइएको छ ।
यता अबुधाबीको अस्पतालमा ३ वटा शव रहेको छ । शवको सनाखत नभएको कारण यी ३ जनामध्ये कति जना नेपाली छन् यकिन भएको छैन ।
२५ जना सवार बसमा १७ जना नेपाली महिला रहेका थिए । दुर्घटनामा बस चालक पाकिस्तानी नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
यस्तो छ घाइतेको विवरणः
दुर्घटनामा घाइते भएका १४ जना नेपालीको पहिचान खुलेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
खालिफा सिटीमा रहेको एनएमसी अस्तालमा उपचाररत नेपालीहरुः
माया तामाङ, सिन्धुपाल्चोक
तुलसा थापा, झापा
सरिता थापा, सिन्धुपाल्चोक
सीता सुब्बा, इलाम
पवित्रा तामाङ, झापा
त्यस्तै आबुधाबीको मार्फक अस्पतालमा उपचाररत नेपालीहरु
रिता सिवाकोटी, मकवानपुर पालुङ
कमला नेपाली, चापागाउँ ललितपुर
मुना राना, खुदुनाबारी झापा
सुजला विश्वकर्मा (ठेगाना नखुलेको)
आशा घर्ती, दाङ
निर्मला प्रजा, चितवन (डिस्चार्ज भइसकेको)
अल रहा अस्पतालमा उपचाररत नेपालीहरुः
मिना थिङ, हेटौंडा मकवानपुर
सरिता तामाङ, नुवाकोट (गम्भीर घाइते)
वर्षा विक, धरान सुनसरी
स्थानीय समयअनुसार बिहीबार बिहान ५ बजे कम्पनीका कर्मचारी बोकेको मिनीबस लरीसँग ठोक्किएको थियो । सडकमा गुडिरहेको लरीको ठीक अगाडि रहेको एउटा कारले बाटो पत्ता लगाउन नसकेर अलमलिएपछि रोकिएको लरीमा तीब्र गतिमा रहेको मिनीबस ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस