
मकवनपुर । मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एकको ज्यान गएको छ ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस