aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘नेकपाका महासचिवले किनेको जग्गाको धनीपूर्जा नक्कली’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ चैत्र २०७५
‘नेकपाका महासचिवले किनेको जग्गाको धनीपूर्जा नक्कली’

बालुवाटार स्थित ललिता निवासको जग्गा खरिद गरेका नेकपाका महासचिव विष्णु पौडेलको धनीपूर्जा नक्कली परेको सरकार प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

विहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्तकोटाले भने, 'महासचिव ज्यूले ठगी गरेको होइन बोरु महसचिव ज्यू उल्टै ठगीमा पर्नु भयो ।'

मन्त्री बास्कोटालेका अनुसार विष्णु पौडेलले खरिद गरेको जग्गाको कागजात नक्कली बनाएर पौडेललाई खरिद गराएको बताए ।

शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको सरकारका बास्कोटाले बताए । पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस