aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
त्रिभुवन विमानस्थलले यात्रुबाट उठाएको अतिरिक्त एक हजार लिन नपाउने, पाँच वर्षे विकास शुल्क असादेखि खारेजीमा

विमानस्थलमा साउनदेखि नयाँ नियम लागू हुने, अतिरिक्त एक हजार उठाउन नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
विमानस्थलमा साउनदेखि  नयाँ नियम लागू हुने, अतिरिक्त एक हजार उठाउन नपाउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुबाट उठाइरहेको एक हजार रुपैयाँ शुल्क आगामी साउनदेखि उठाउन नपाउने भएको छ । प्राधिकरणले विमानस्थमा यात्रुको सेवा र सुविधाका निम्ति लिइएको यस्तो शुल्कको उचित सदूपयोग नभएपनि शुल्क नवीकरण नगर्ने पक्षमा मन्त्रालय पुगेको हो । 

प्राधिकरणले विमानस्थलबाट बाहिरिने २ वर्ष माथिको सबै अन्तर्राष्ट्रिय यात्रुबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ अतिरिक्त शुल्क अशुल गर्दै आएको छ । यस्तो शुल्कको प्राधिकरणले सदूपयोग नगरेको कारण अब यसलाई नवीकरण नगर्ने संकेत पर्यटन मन्त्रायलयले गरेको छ । पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणलले लिएको यस्तो शुल्क ऋण तिर्न र जग्गाको मुआब्जामा खर्च गरेको छ ।
 

प्राधिकरणले नियमित आम्दानी हुने र नाफामूलक विमानस्थलको अन्य खर्चम यो रकम प्रयोग गरेपछि प्राधिकरणले ऋण तिर्न र जग्गा मुआब्जा दिन खर्च गर्नु नपर्ने भएपनि नाफा कमाउने छ । यात्रुबाट लिएको शुल्क ऋण तिर्न प्रयोग गर्ने र प्राधिकरणले भने नाफा देखाएर बोनस खाने तयारी गरिरहेको छ । यस खघि २०६७/६८ मा भएको नाफाबाटै प्राधिकरण कर्मचारीले बोनस खोजिरहेका छन् । यस विषयमा मन्त्रालयले यात्रुलाई ऋण भार दिएर कर्मचारीले बोन खान नहुने भन्दै रोकिरहेको छ । 

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाका अनुसार आगामी असारदेखि प्राधिकरणले उठाउने अतिरिक्त १ हजारको पाँच वर्षे समय सीमा सकिदैँ छ । अब यसलाई नवीकरण गरेर पुन निरन्तरता दिन अर्थ मन्त्रालयको सहमति चाहिन्छ । यो शुल्क निरन्तरता दिने पक्षमा मन्त्रालय नै नरहेकोले अर्थको सहमतिमा नगएको  पनि उल्लेख गरे । उनका अनुसार प्राधिकरणले ६ महिना अगाडि नै यसलाई नवीकरण गरेर सुनिश्चित गर्न खोजेको भएपनि सरकारले नवीकरण नगरेका कारण अब भने यस्तो अतिरिक्त शुल्क संकलनको कार्य अप्ठारोमा परेको छ ।
 
विमानस्थलले विगत ५ वर्षदेखि विमानस्थल विकास शुल्क उठाउँदै आएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७१/७२ देखि विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल शुल्कबापत १ हजार रुपैयाँ (भ्याटसहित) उठाउँदै आएको हो। एडिएफ उठाउन पाउने प्राधिकरणको अधिकार असार २०७६ मा सकिदै छ । सरकारले ५ वर्षका लागि प्राधिकरणलाई उक्त अधिकार दिएको थियो ।  

प्राधिकरण सञ्चालक समितिले हालै यस्तो अधिकार पुनः ५ वर्षका लागि नवीकरण गर्ने प्रस्ताव गरी तालुक मन्त्रालयमा पठाउने निर्णय गरेको हो । यो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृतिका लागि अर्थ मन्त्रालय जानुपर्ने छ । यो प्रस्ताव अहिले पर्यटनमै धन्किएर बसेको छ । अर्थले स्वीकृति दिएपछि बल्ल मन्त्रीपरिषद गएर यसलाई स्वीकृति दिनुपर्ने हुन्छ । 

प्राधिकरणका अनुसार एडिएफबापत उठाइने रकम त्रिभुवन विमानस्थलमा यात्रुको सेवा–सुविधा वृद्धि र भौतिक पूर्वाधार विकासमा मात्र उपयोग गर्नुपर्ने प्रावधान छ । त्रिभुवन विमानस्थलबाहेक बाहिर यो रकम खर्च गर्न पाइँदैन । विमानस्थलभित्र कुर्सी, साजसज्जा, सरसफाइ र भौतिक पूर्वाधार अभिवृद्धिमा मात्र यसको उपयोग गर्न पाउने अधिकार छ । त्रिभुवन विमानस्थलको विद्यमान धावनमार्ग पुनर्निर्माणमा समेत यही रकम खर्च हुनेछ ।

बिग्रिएका एप्रोन मर्मत तथा विमानस्थलभित्र यात्रुका लागि निर्माण हुने पूर्वाधारमा यो रकम खर्च गर्न पाइन्छ । तर, प्राधिकरणले भने एडीबीबाट लिएको ऋण तिर्न मात्रैयो रकम खर्च गरेको छ । हाल विमानस्थलको धावनमार्ग मर्मतमा करिब ४ अर्ब रुपैयाँ प्राधिकरणले खर्च गर्दै छ । 
चालू आव २०७५/७६ मा एडिएफबाट २ अर्ब ६४ करोड ५० लाख रुपैयाँ संकलन हुने प्रक्षेपाण प्राधिकरणको छ ।

सरकारले प्राधिकरणलाई विमानस्थल विकास शुल्क उठाउने अधिकार दिँदा विमानस्थलभित्र यात्रुको सेवा सुविधाका लागि रकम खर्च गर्न नसके यो पैसा सरकारले फिर्ता लैजाने सर्त छ । प्राधिकरणले यस्तो शुल्कबापट हालसम्म साढे ७ अर्ब रुपैयाँ उठाएको भएपनि खर्च भने साढे तीन अर्ब मात्रै छ ।

प्रतिक्रिया दिनुहोस