
एजेन्सी । आर्थिक मन्दीमा फसेको भारतका लागि अनलाइन सपिङ अमेजनले नयाँ योजना सार्वजनिक गरेको छ । ग्लोबल अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले भारत भ्रमणका बेला ५ वर्षमा १० लाख नयाँ रोजगारी दिने घोषणा गरेका हुन ।
भारतमा अमेजनले गरिरहेको कारोबारको तिव्र विरोध भएपछि बेजोस भारत भ्रमणमा आएका थिए । कम्पनीका अनुसार पछिल्लो ६ वर्षमा उसले गरेको लगानीमा ७ लाखभन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सृजना भएको दावी गरेको छ ।
अमेजनले चाडै भारतको प्रदूषण र क्लाइमेट चेञ्जसँग सामान गर्न सक्ने रिक्सा निमार्ण गर्ने समेत उनले बताएका छन् । १० हजार यस्तो रिक्सा भारतको सडकमा देखिनेछन् । कम्पनीले भारतमा प्लाष्टिक प्रयोगमा पूर्ण रुपमा बन्दज लगाउने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस