aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

छानबिन दायरामा रहेका डाक्टर गंगालाल अस्पतालको निर्देशकमा नियुक्त

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, ०५ माघ २०७६
छानबिन दायरामा रहेका डाक्टर गंगालाल अस्पतालको निर्देशकमा नियुक्त

काठमाडौं । उपचारमा लापरबाही गरेको भनी छानबिनको दायरामा रहेका डा. चन्द्रमणि अधिकारीलाई सरकारले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय केन्द्रको निर्देशकमा नियुक्ति गरेको छ।

पुस ७ गते मन्त्रिपरिषद्को निर्णय अनुसार मुटु रोग विशेषज्ञ डाक्टर अधिकारी चारवर्षे कार्यकालका लागि नियुक्त भएका हुन्।

गलत रगत चढाउँदा सर्लाहीकी ५ वर्षीया आकृतिकुमारी साहको मृत्यु भएपछि डा. अधिकारीलगायत गंगालालका सात जनाविरुद्ध छानबिन गर्न उच्च अदालत पाटनले प्रहरीलाई आदेश दिएको थियो।

अदालतको आदेश कार्यान्वयन गराउनुको सट्टा सरकारले आरोपित व्यक्तिलाई नेतृत्व दिएको भन्दै अस्पतालतका चिकित्सक र पीडित पक्षले विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस