
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबारबाट पूर्ण सुधार हुने बताइएको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू-भागका एक(दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल देशको पूर्वी भू -भागलगायत मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
राति देशको पूर्वी भू-भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। सोमबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मंगलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस