aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्रवक्ता श्रेष्ठ भन्छन्- एमसिसी राष्ट्रको हितमा छ, यसलाई कसैले अतिरञ्जित नगराउनु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
प्रवक्ता श्रेष्ठ भन्छन्- एमसिसी राष्ट्रको हितमा छ, यसलाई कसैले अतिरञ्जित नगराउनु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने  बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमसिसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन नहुँने बताए । 

उनले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताए । नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने पनि बताए ।

उनले भने, “एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भने, “नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।” उनले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताए । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उनले विश्वस्त पारे ।  

    

प्रतिक्रिया दिनुहोस