aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गायिका राउतलाई पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६

काठमाडौं । कार्यक्रमका लागि भारतको सिक्किम पुगेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेकाे जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । अभद्र व्यवहारमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ । दोषी गठर भए एक वर्ष जेल सजाय र १० हजार जरिमाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

मुद्दा दर्तालगत्तै प्रहरीले राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा हुँदै भद्रपुर जाने क्रममा सुरक्षा चेकजाँचका गर्ने महिला प्रहरीसँग विवाद भएको थियो ।

आस्था राउतलाई पक्राउ गर्दै प्रहरी

विवादको विषयलाई लिएर राउतले फेसबुक लाईभ गर्दै प्रहरीलाई गाली गरेपछि विवाद बाहिर आएको हो । विमानस्थल सुरक्षा जाँचको भिडियोसमेत सार्वजनिक भएको छ ।

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई आज(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीले पक्राउ पूर्जी जारी गरेपछि राउतलाई आज नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकारी दियो ।

उनी आज नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।

 

प्रतिक्रिया दिनुहोस