aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

श्रीमती र २ छोरासहित त्रिशुलीमा हाम फालेका विनयविरुद्ध ज्यान मार्ने कसुर गरेको मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
श्रीमती र २ छोरासहित त्रिशुलीमा हाम फालेका विनयविरुद्ध ज्यान मार्ने कसुर गरेको मुद्दा

काठमाडाैं । श्रीमती र २ जना छोरासहित त्रिशुली नदीमा हाम फालेका व्यक्ति विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने भएको छ ।

परिवारसहित त्रिशुली नदीमा हाम फालेर बच्न सफल भएका काठमाडौंको चन्द्रागिरी नगरपालिका थानकोटका विनय लामिछानेले धादिङ प्रहरीले ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा अनुसन्धान अगाडि बढाउने भएको छ ।

३८ वर्षीय लामिछानेले गत बिहीबार साँझ २८ वर्षीया जमुना तथा २ वर्षीय र ६ महिनाका छोरासहित धादिङको बनीघाट रोराङ गाउँपालिका–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका थिए ।

सामूहिक आत्महत्या गर्ने भनेर नदीमा हाम फालेका विनयको जीवितै उद्दार भए पनि उनकी श्रीमती जमुनाको भने शव फेला परेको थियो । उनका २ वर्षीय र ६ महिनाका छोरा भने अझै बेपत्ता छन् । प्रहरीले बेपत्ता रहेका २ जना बालकको खोजी भइरहेको जनाएको छ ।

हाल इलाका प्रहरी कार्यालय गजुरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस