aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री थपिए

  • रिता राउत
    रिता राउत
  • आइतबार, ०५ माघ २०७६
प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री थपिए

काठमाडौं ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राईले आइतबार चार राज्यमन्त्री रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासलाई नियुक्त गरेका हुन् । 

मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङ भौतिक पूर्वाधार विकास, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका हुन्।

अब प्रदेश १ को मन्त्रिपरिषद् ९ सदस्यीय मन्त्रिपरिषद भएको छ। प्रदेश सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छैनन्। यी दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राईले नै सम्हालिरहेका छन्।

प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन्।


 

प्रतिक्रिया दिनुहोस