aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आत्महत्या दुरुत्साहन आरोप लागेका रवि लामिछानेलाई सफाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
आत्महत्या दुरुत्साहन आरोप लागेका रवि लामिछानेलाई सफाइ

चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ ।  जिल्ला अदालतले आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको जिल्ला आदालत चितवनले जनाएको छ ।  पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा उनीहरुलाई गत साउन ३१ गते  पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस