aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

रिचार्जरको बिग सेल अफर आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ माघ २०७६
रिचार्जरको बिग सेल अफर आज

काठमाडौं । मोबाइल एप रिचार्जरले आज ६ माघमा बिग सेल २०२०  सञ्चालन गरेको छ । मेलाका अवसरमा रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने जनाएको छ  । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्स प्लेटफर्मसमेत रहेको रिचार्जरको बिग सेलमा विभिन्न अफरसमेत उपलब्ध हुने बताइएको छ ।

बिग सेलमा मेगा डिलअन्तर्गत ६० प्रतिशतसम्म छुटमा वस्तु तथा सेवा पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउन्ट पनि पाउन सकिन्छ । यसैगरी, हरेक खरिदकर्तालाई गोलाप्रथाबाट विभिन्न किसिमका उपहारसमेत प्रदान गरिने बताइएको छ ।

विश्वभरि रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफरअन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागी हुन सक्नेछन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीनवटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि बिग सेलदेखि सुरु गर्दै छ ।

जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फुड सर्भिसमा एक्साइटिङ अफरहरू उपलब्ध हुनेछन् । 

प्रतिक्रिया दिनुहोस