
उदयपुर । टिपर दुर्घटनामा घाइते भएका कटारी नगरपालिका २ खोक्साका २२ वर्षीय भुपेन्द्र खत्रीको आइतबार राती मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तरर्गत उदयपुरगढी गाउँपालिका ७ अधँरीमा ना ५ ख ५४१० नम्बरको टिपर दुर्घटना हुँदा चालक खत्री घाईते भएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले बताए । क्षमताभन्दा बढी कसमस सिमेन्टको चुनढुंगा बोकेर तीव्र गतिमा कुदाउँदा अनियन्त्रित भइ टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस