तिनिधि सभामा आजदेखि पूर्व बजेट छलफल शुरू हुँदैछ । नयाँ आर्थिक वर्षको बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
शुक्रवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे संसद्लाई जानकारी गराउँदै छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम अगावै पूर्वबजेट छलफलको माग गरेको थियो । यसअघि गत २४ गते बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस